घटना-दुर्घटना

बेहडाबाबामा सवारी दुर्घटना, एक जनाको मृत्यु

इकागज |
जेठ १६, २०८० मगलवार १८:८ बजे

धनगढी- धनगढीमा सवारी दुर्घटना भएको छ । आज (मंगलबार) धनगढी उपमहानगरपालिका-१६ पथरीमा कैलाली गाउँका ३५ वर्षीय रामगुलाव रानाले चलाएको से१त ५६९८ नम्बरको ट्याक्टरले साइकलयात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका धनगढी–१ पशुपती टोलका ३६ वर्षीय अमृत सेवाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 


ट्याक्टर, ट्याक्टर चालक र साइकल प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।


Author

थप समाचार
x