घटना-दुर्घटना

डोटीमा स्काभेटर दुर्घटना, एक जना घाइते

इकागज |
जेठ १७, २०८० बुधबार २०:५५ बजे

डोटी- डोटीमा बुधबार स्काभेटर दुर्घटना भएको छ । जिल्लाको सायल गाउँपालिका–३ स्थित झिग्राना बेटुरा सडक निर्माणमा प्रयोग हुँदै आएको सो स्काभेटर दुर्घटना भएको हो ।

कैलालीको गौरीगंगा नगरपालिका–५ का २४ वर्षीय बिकास सिजापतिले चलाएको बा ३ प ४०८५ नम्बरको स्काभेटरमा माथिबाट ढुङ्गा खसेर ठोक्किन पुगेपछि स्काभेटर सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।


दुर्घटनामा चालक घाइते भएको प्रहरीले जनाएको छ । उनको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।


Author

थप समाचार
x