घटना-दुर्घटना

सुनकोशीमा जीप खस्याे, तीन जना बेपत्ता

इकागज |
जेठ १९, २०८० शुक्रबार १२:४९ बजे

फाइल तस्बिर

सिन्धुली​- मध्यपहाडी  राजमार्गअन्तर्गत गोलञ्जोर  गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज (शुक्रबार) जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो । 


जीपमा चार जना सवार रहेको र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको उनले बताए ।

गाडीमा सवार रहेकाको पहिचान हुन सकेको छैन । बेपत्ताहरूको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उनले जानकारी दिए । रासस


Author

थप समाचार
x