घटना-दुर्घटना

गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु

इकागज |
जेठ २०, २०८० शनिवार १२:८ बजे

भक्तपुर । गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका-१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा २१ च ५३०१ नं. को हात्ती गाडीमा पछाडि सवार महिलाको मृत्यु भएको हो ।

अन्दाजी ४०/४५ की महिला गाडी गुडिरहेको अबस्थामा अचानक खसी गम्भिर घाईते भएकी थिइन् । उनकाे पहिचान हुन सकेकाे छैन ।


उपचारको लागि डा. ईवामुरा अस्पताल लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

गाडीका सवारी चालक जिल्ला काभ्रे भुम्लु गाउँपालिका- ३ घर भई हाल ललितपुर ईमाडोल बस्ने वर्ष ३० का सूर्यबहादुर पहरीलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x