घटना-दुर्घटना

मृत फेला परे वरिष्ठ प्रहरी हवल्दार शङ्कर

इकागज |
जेठ २१, २०८० आइतवार १२:३५ बजे

ताप्लेजुङ -ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला परेका छन् ।    
    
सुरक्षा गस्तीका क्रममा सिदिङ्वा गाउँपालिकाबाट फर्किने क्रममा रहेका उदयपुरको त्रियुगा नगरपालिका–७ का ४१ वर्षीय वरिष्ठ प्रहरी हबल्दार दीपक शाह शङ्कर मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।    
    
सिदिङ्वाको मेहेलेबाट फर्किने क्रममा प्रहरी कर्मचारीलाई म बिस्तारै आउँछु भनेको तर निकै बेर नआएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।    
    
प्रहरीका अनुसार अनुसार मृतक शङ्कर छारे रोगबाट पीडित थिए । मृतकको शव परीक्षण गरी आफन्तलाई बुझाउने तयारी भएको जनाइएको छ । 



Author

थप समाचार
x