घटना-दुर्घटना

पश्चिम नवलपरासीमा एक दम्पतीकाे हत्या

इकागज |
जेठ २३, २०८० मगलवार १४:३ बजे

बुटवल । पश्चिम नवलपरासीमा एक दम्पतीको विभत्स हत्या भएको छ । उनीहरु सुत्ने गोठमै धारिलो हतियारको प्रयोग गरि उनीहरुको हत्या भएको प्रारम्भिक विवरण आएको प्रहरीले बताएको छ ।

जिल्लाको प्रतापपुर गाउँपालिका– ८ बस्ने ५५ वर्षका तिलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मलाको हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक विनोद सिलवालले बताए । उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको सिलवालको भनाई छ । हत्यापछि उनीहरुको शव गोठ छेउमा फालिएको थियो । उनीहरु गाइवस्तुको रेखदेख गर्न रातिको समयमा गोठमा सुत्दै आएका थिए । हत्यामा संलग्नको खोजी भैरहेको प्रहरीले बताएको छ ।



Author

थप समाचार
x