कैलालीमा माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु

फाइल फोटो
धनगढी - कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ वनखेतकी ३४ वर्षीया रंगादेवी बोहराको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो। उनी मंगलबार बिहान माटोको ढिस्कोमा पुरिएर घाइते भएकी थिइन् ।
शिवशंकर सामुदायिक वनमा माटोको ढिस्कोमा पुरिएकी बोहराको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया