घटना-दुर्घटना

काभ्रेमा मिनीट्रकको ठक्करबाट एक वृद्धको मृत्यु

इकागज |
जेठ २४, २०८० बुधबार ११:२४ बजे

काभ्रे । काभ्रेको  बनेपा नगरपालिका १३ मा मिनीट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय छेवाङ तामाङ रहेका छन् ।

बा ४ ख ४२९४ नम्बरको मिनिट्रकको ठक्करबाट  गम्भीर घाइते भएका तामाङकाे शिर मेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा  मृत्यु भएको हो । ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिइसकेको छ ।



Author

थप समाचार
x