घटना-दुर्घटना

१४ दिनको छोराको हत्या गरेपछि...

इकागज |
जेठ २४, २०८० बुधबार १७:० बजे

काठमाडाैं । आफ्नै शिशुको हत्या गरी फरार अभियुक्त पक्राउ परेका छन् । जन्मिएको १४ दिन भएको छोराको हत्या आरोपमा बारा देवताल गाउँपालिका वडा नं.४ का नूर आलम अंसारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले जेठ १४ गते साँझ १४ दिनको आफ्नो छोराको हत्या गरेको प्रहरीले जनाएको छ । छाेराको हत्या गरी फरार रहेका उनलाई काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई चन्द्रागिरी नगरपालिका वडा नं.१५ ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको थियो ।


फरार रहेकाले खोजतलास गरी पक्राउ गरिदिनु हुन भनी बारा प्रहरीबाट पत्राचार भई आएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ ।


Author

थप समाचार
x