धारिलो हतियार प्रयोग गरी रौतहटमा एक पुरूषको हत्या
रौतहट । रौतहटमा धारिलो हतियार प्रयोग गरी एक पुरूषको हत्या भएको छ । देवाहीगोनाही नगरपालिका–६ कर्कच कर्मैया बस्ने ब्रह्मदेव साह कानुको छोरा ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियार प्रयोग गरेर हत्या भएको प्रहरीले जनाएको छ ।
धारिलो हतियार प्रयोग गरेर हत्या भएको अवस्थामा शुक्रबार बिहान घरमा जगरनाथको शव फेला परेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिए ।
साहको हत्या कसले र किन गर्यो भन्ने खुलिनसकेको र यसबारे अनुसन्धान थालिएको निरीक्षक साहले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया