दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु
दार्चुला- नौगाड गाउँपालिका–४ होपरीमा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा भीरबाट खसेको ढुंगा टाउकोमा लागेर होपरीस्थित कसाडमेलाकी ५० वर्षीया सीतादेवी ठगुन्नाको मृत्यु भएको आफन्तले जनाएका छन् ।
मृतक सीताका आफन्त दिपकसिंह ठगुन्नाका अनुसार घर नजिकै मेलामा घाँस काटिरहेको अवस्थामा माथिबाट खसेको ढुंगा टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
दार्चुलाका ग्रामीण भेगहरूमा घाँस काट्ने क्रममा भीरबाट लडेर बर्सेनि धेरै मानिसहरूको अकालमै ज्यान जाने गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया