घटना-दुर्घटना

साँगा बस दुर्घटना : काे-काे भए घाइते, कस्काे कस्ताे छ अवस्था ?

इकागज |
साउन ३, २०८० बुधबार १८:५३ बजे

काठमाडाैं । धुलिखेलबाट काठमाडौं आउँदै गरेको यात्रुबस भक्तपुरको साँगामा दुर्घटना भएको छ। बा ३ ख ९३९६ नम्बरको यात्रुवाहक बस साँगाको महादेव मन्दिर जाने साँगा पुलनजिकैको भीरबाट खसेको प्रहरीको भनाइ छ। बस सडकबाट करिब ३० मिटर तल खस्दा १० जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

तीमध्ये सात जनाकाे उपचारपछि डिस्चार्ज गरिएकाे छ ।


भक्तपुर प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक वसन्त पाठककाअनुसार तीन जना घाइतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। उनले जानकारी दिएअनुसार घाइतेहरुकाे अवस्था यस्ताे रहेकाे छ ।

 

​१‍ बस चालक जिल्ला सिन्धुली घ्याङलेख गा.पा. वडा नं. १ घर भई  हाल काठमाण्डौं नयाँ बसपार्क बस्ने वर्ष ३१ को पूर्ण बहादुर पाख्रिन । (मध्यपुर ठिमी अस्पतालमा उपचार भईरहेको)

२ जिल्ला सुनसरी बराहक्षेत्र न.पा. १ घर भई हाल काठमाण्डौं बसुन्धारा बस्ने वर्ष ४४ की रिता खत्री । (यात्रु, मध्यपुर ठिमी अस्पतालमा उपचार भईरहेको)

३ जिल्ला काभ्रेपलान्चोक बनेपा न.पा. वडा नं. ७ बस्ने रितिका श्रेष्ठ । (यात्रु, मध्यपुर ठिमी अस्पतालमा उपचारपश्‍चात डिस्चार्ज भएको)

४ जिल्ला काभ्रेपलान्चोक बनेपा न.पा. वडा नं. १३ साँगा बस्ने वर्ष ५९ को अर्जुन खड्का । (यात्रु, मध्यपुर ठिमी अस्पतालमा उपचार भईरहेको)

५ जिल्ला सिन्धुली घ्याङलेख गा.पा. वडा नं. १ घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक पाण्डुबजार बस्ने वर्ष ३० को सुर्य बहादुर पाख्रिन । (यात्रु, मध्यपुर ठिमी अस्पतालमा उपचार पश्‍चात डिस्चार्ज भएको)

६ जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ५ घर भई हाल जिल्ला काभ्रेपलान्चोक बनेपा बस्ने वर्ष ३९ को अमर लामा । (यात्रु, मध्यपुर ठिमी अस्पतालमा उपचार पश्‍चात डिस्चार्ज भएको)

७ जिल्ला काभ्रेपलान्चोक बनेपा न.पा. वडा नं. ३ बस्ने वर्ष २२ की सुस्मिता श्रेष्ठ । (यात्रु, डा.इवामुरा अस्पतालमा उपचार पश्‍चात डिस्चार्ज भएको)

८ जिल्ला काभ्रेपलान्चोक बनेपा न.पा. वडा नं. १३ बस्ने वर्ष २० को विनय जोशी । (यात्रु, डा.इवामुरा अस्पतालमा उपचार पश्‍चात डिस्चार्ज भएको)

९ जिल्ला काभ्रेपलान्चोक बनेपा भैसेपाटी बस्ने वर्ष २० की दिक्षा तिमल्सिना । (यात्रु, डा.इवामुरा अस्पतालमा उपचार पश्‍चात डिस्चार्ज भएको)

१० जिल्ला काभ्रेपलान्चोक खानिखोला गा.पा. वडा नं. ४ जगथली बस्ने वर्ष १८ को दिपक वि.क. । (यात्रु, श्री मेमोरियल अस्पताल बनेपामा उपचार पश्‍चात डिस्चार्ज भएको)

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।


Author

थप समाचार
x