चट्याङ लागेर सर्लाहीमा एक जनाको मृत्यु, भैंसी पनि मर्यो
फाइल फोटो
सर्लाही - सर्लाहीमा शनिबार चट्याङ लागेर भैंसी चराउन गएका एक किसानको मृत्यु भएको छ। चट्याङ लागेर एउटा भैंसी पनि मरेको छ।
बलरा नगरपालिका–१ हथियौलका ४५ वर्षीय अर्जुन पटेलको भैंसी चराउने क्रममा चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ।
सिमसिमे पानी परिरहेका बेला खेतमा भैंसी चराउन गएका पटेललाई चट्याङ लाग्दा घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया