बेपत्ता भएको डेढ महिनापछि युवतीको शव फेला
धनगढी - कैलालीमा डेढ महिनादेखि बेपत्ता एक युवतीको शव फेला परेको छ।
जिल्लाको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला परेको हो। आइतबार शव फेला परेको प्रहरीले जनाएको छ।
उनी जेठ २५ गतेदेखि बेपत्ता थिइन्। अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया