घटना-दुर्घटना

सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको शव ११ दिनपछि दक्षिणकालीमा भेटियो

इकागज |
साउन १८, २०८० बिहीबार १९:९ बजे

फाइल फोटो

काठमाडौं - काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ । साउन ७ गते बेपत्ता भएका बालकको शव ११ दिनपछि दक्षिणकालीमा भेटिएको हो । 

सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगरको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 


परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलका अनुसार प्रहरी वृत्त कीर्तिपुरको टोलीले आलेमगरको शव भेटेको हो । दक्षिणकालीमा बागमती नदीको किनारमा शव भेटेको उनले बताए । स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


Author

थप समाचार
x