बेवारिसे फेला परेकी भारतीय महिला र शिुशुलाई प्रहरीले आफन्तको जिम्मा लगायो
फाइल फोटो
बारा - पूर्वपश्चिम राजमार्ग अन्तर्गत निजगढ पूर्वको धन्सार पुल नजिकबाट बेवारिसे अवस्थामा फेला परेकी भारतीय महिला छोटीकुमारी र शिुशुलाई आफन्तको जिम्मा लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कलैयाले भारतीय महिला छोटीकुमारी र उनको सवा २ महिनाको छोरालाई माइतीतर्फबाट आएकी दिदी रितु देवीसहित आफन्तको जिम्मा लगाएर पठाएको हो ।
महिला र शिशुलाई भारतको मोतिहारी पिपरागाउँ स्थित माइतीघरमा पठाइएको जिल्ला प्रहरी कार्यालयका बालबालिका तथा महिला सेलका प्रहरी सहायक निरीक्षक सन्जय यादवले जानकारी दिए । उनका अनुसार श्रीमती र शिशुलाई बेवारिसे अवस्थामा निजगढको जंगलमा ल्याएर छोडने पति गुड्डु सिंहमाथि कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयको तर्फबाट मोतिहारीको हारना थानाको प्रहरी कार्यालयमा पत्राचार गरेको पनि जनकारी दिए ।
प्रहरीका अनुसार गुड्डुले छोटीकुमारीलाई डेढ वर्षअघि भगाएर दोस्रो विवाह गरेका थिए । त्यसपछि दुवै जना भारतको जयपुरमा बस्दै आएकोमा बच्चा जन्मिएपछि गुड्डुले मोतिहारी घरमा लैजान्छु भनेर आमा र शिशु दुवैलाई नेपालमा ल्याएर बेहोस पारेर जंगलमा छोडेको पाइएको प्रहरी सहायक निरीक्षक यादवले जानकारी दिए ।
गत मंगलबार निजगढ पूर्वको धन्सार पुल नजिक सडक किनारामा बेवारिसे अवस्थामा शिशु फेला पारेको निजगढ प्रहरीले भोलिपल्ट आमालाई पनि बेवारिसे अवस्थामा नै फेला पारेपछि दुवैलाई जिल्ला प्रहरी कार्यालयमा बुझाएको र उनीहरूलाई प्रादेशिक अस्पताल कलैयामा चिकित्सकको निगरानीमा राखिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया