घटना-दुर्घटना

दोलखामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इकागज |
साउन २३, २०८० मंगलबार १७:५७ बजे

दोलखा- बसको ठक्करबाट दोलखामा मोटरसाइकल चालकको ज्यान गएको छ । भीमेश्वर नगरपालिका-३ का २३ वर्षीय विश्वराज श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो साढे १ बजे काठमाडौँबाट दोलखा आउँदै गरेको बा ३ ख ५३९३ नम्बरको बस र दोलखाबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ३-०२-०१३ प ३५८६ नम्बरको मोटरसाइकल १६ किलोमा ठोक्किएका थिए ।


दुर्घटनामा परी मोटरसाइकल चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि बीएन्डबी अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ।

घटना लगत्तै मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।


Author

थप समाचार
x