घटना-दुर्घटना

पाल्पामा १० जना चढेको जिप दुर्घटना

इकागज |
जेठ २, २०८१ बुधबार १९:४४:२ बजे

फाइल फाेटाे

तानसेन - पाल्पामा बोलेरो जिप दुर्घटनामा परेको छ। 

नवलपुर अरुणखोलाबाट पाल्पा निस्दी मित्यालतर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको बलेरो जिप निस्दी–४, लामेदमार नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। जिप दुर्घटना बुधबार दिउँसो ४ बजे भएको स्थानीयले बताएका छन्। 


बोलेरो जिपमा १० जना यात्रु रहेको र घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


Author

थप समाचार
x