Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

घटना-दुर्घटना

२४ घण्टामा विपद्जन्य घटनामा परी १० जनाको मृत्यु, तीन घाइते

इकागज |
असार १६, २०८१ आइतबार ५:३१ बजे

काठमाडौँ -  नेपालका विभिन्न क्षेत्रमा शनिबार विपद्जन्य घटनामा परेर १० जनाको मृत्यु भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गुल्मी, बागलुङ र स्याङ्जामा पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको हो भने दाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । 


गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । पहिरोले घर पुर्दा बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा एक दम्पती र स्याङ्जामा आमाछोरीको मृत्यु भएको 

यस्तै, दाङको राजपुर गाउँपालिका–२ मटेरियाकी ३९ वर्षीया भूमिसरा बुढा मगरको चट्याङ लागेर मृत्यु भएको जनाइएको छ । ती घटनाहरुमा तीन जना घाइते भएको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए । यस वर्षको मनसुन सुरु भएपछि विपद्जन्य घटनामा परेर ३८ जनाले ज्यान गुमाइसकेका छन् ।
 


Author

थप समाचार
x