घटना-दुर्घटना

नुवाकोट हेलिकोप्टर दुर्घटनाः केहीबेरमा पाँचै जनाको शव त्रिवि शिक्षण अस्पतालमा ल्याइँदै

इकागज |
साउन २३, २०८१ बुधबार १६:५१ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका नुवाकोटका एसपी शान्तिराज कोइरालाले दुर्घटनामा १ महिला र ४ पुरुषको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार पाँच जनाको शव घटनास्थलबाट बाहिर निकालिएको छ । शववाहन आउनसाथ त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गर्न पठाइन्छ ।


‘मौसम खराबीका कारण अगाडि भिजिबिलिटी कम हुँदा दुर्घटना भएको हुन सक्छ,’ उनले इकागजसँग भने,’ यो क्षेत्र तथा डाँडोमा कुँहिरो लागिरहने गर्छ । काठमाडौँबाट आउँदा अगाडिको दिशा पहिल्याउन नसक्दा दुर्घटना भएको हुन सक्छ । यो मेरो घटनास्थलको निरीक्षण गर्दाको अनुमान हो ।‘

गन्तव्यतर्फ जाँदा हेलिकोप्टरले खुला ठाउँ खोजेको हुन सक्ने उनले बताए । मौसम क्लियर नभएकाले दुर्घटना भएको हुन सक्ने उनको भनाइ छ । रुखमा ठोक्किएर झरेको उनले उल्लेख गरे ।

काठमाडौंबाट स्याफ्रुबेसी जाँदै गरेको हेलिकोप्टर दुर्घटनामा परेको  थियो ।

 


Author

थप समाचार
x