म्हेपीमा सामाखुसी खोलाले घर अगाडिको वाल भत्कायो
काठमाडौँ- शनिबार राति आएको वर्षाले सामाखुसी खोलाको सतह बढ्दा घर छेउको पर्खाल भत्काएको छ ।
काठमाडौँ महानगरपालिका -२६ मा एक घर अगाडि खोलाको वाल भत्कँदा बाटो हिँड्नेलाई जोखिम बढेको छ ।
घर अगाडिको केही भाग भत्काएको एक स्थानीयले बताए । राति आएको वर्षाले खोला किनारको वालमा असर गरेको उनको भनाइ छ ।
सोही बाटो भएर मानिसलाई ओहोरदोहोर गर्न गाह्रो भएको छ । स्थानीयका अनुसार तत्काल महानगरले व्यवस्थापन नगरेमा वडाबासीलाई असर पर्छ ।
महानगरका विपद व्यवस्थापन विभागका प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले सामान्य क्षति गरेको बताए । महानगरको टोली बिहानै अनुगमन गरिसकेको उनले जानकारी दिए ।
हेर्नुहोस् भिडियो
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया