घटना-दुर्घटना

सबैले एक अर्काको भाषाभाषीहरूलाई सम्मान गरे संरक्षण र समुत्थान हुन्छ : राष्ट्रपति पौडेल

इकागज |
भदौ ७, २०८१ शुक्रबार १५:२० बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले सबैले एक अर्काको भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा सबै भाषाको संरक्षण र समुत्थान सम्भव हुने बताएका छन् ।

जयतु संस्कृतमा संस्थाद्वारा शीतल निवासमा शुक्रबार आयोजित पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति पौडेलले भाषाका विषयमा कुनै निषेध हुन नहुने भन्दै एक अर्काको भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा भाषाको संरक्षण र समुत्थान सम्भव हुने बताएका हुन् ।


उनले संस्कृत भाषा र संस्कृत वाङ्‍मय ज्ञान विज्ञानको भण्डार भएकाले यस भाषा र वाङ्‍मयको विस्तारमा जोड दिए । नेपालमा प्रजातन्त्रको स्थापनामा जयतु संस्कृतम आन्दोलनको ठूलो योगदान रहेको उनले स्मरण समेत गरे ।

राष्ट्रपति पौडेलले संस्कृतका ग्रन्थहरूको लेखन र प्रकाशन, विद्वत्सम्मान, संस्कृत गुरुकुल र विद्यालयको संरक्षण र विकासमा जयतु संस्कृतमा संस्थाले गरेको योगदानको चर्चा गरे । 

कार्यक्रममा राष्ट्रपति पौडेलले प्राध्यापक नीलमणि ढुङ्गाना र आचार्य पूर्णचन्द्र ढुङगेललाई पुरस्कार प्रदान गरे । प्राडा ऋषिराम पोखरेल, प्राडा दीर्घराज घिमिरे, प्राडा रामचन्द्र गौतम, प्राध्यापक गोविन्द चौधरी र प्राध्यापक चेतोनाथ आचार्यलाई अभिनन्दन गरिएको छ । 


Author

थप समाचार
x