त्रियुगामा मूर्ति सेलाउन गएका युवकको डुबेर मृत्यु
सांकेतिक फोटो
सप्तरी - सप्तरीमा कृष्ण जन्माष्टमी पर्व मनाएर मूर्ति सेलाउन गएका एक युवकको त्रियुगा नदीमा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयकानुसार सप्तकोशी नगरपालिका–२, पसार्हा निवासी रामकुमार राजधामीका २२ वर्षीय छोरा रोहनको नदीमा डुबेर मृत्यु भएको हो ।
स्थानीयवासीसँगै सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित त्रियुगा नदीको हेडबाँधमा मूर्ति सेलाउन गएका रोहन पानीमा डुबेकामा स्थानीयले उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका थिए ।
उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया