घटना-दुर्घटना

जुम्लामा चट्याङ लागेर १५ भेडा मरे

इकागज |
भदौ १५, २०८१ शनिबार २१:५४ बजे

फाइल फाेटाे

जुम्ला - यहाँको लामाचौर पाटनमा चट्याङ लागेर १५ भेडा मरेका छन् । तातोपानी गाउँपालिका–४ स्थित लामाचौर पाटनमा आज दिउँसो ३ बजेतिर चट्याङ पर्दा १५ वटा भेडा मरेका वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए । 

गत साउन १५ गते तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका थिए ।  यसअघि जुम्लाको कनकासुन्दरी, तिला र गुठिचौरका पाटनमा पनि चट्याङ लागेर दुई सयभन्दा बढी भेडा मरेको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ । 
 



Author

थप समाचार
x