Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

घटना-दुर्घटना

पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

इकागज |
भदौ १७, २०८१ सोमबार १५:१ बजे

सांकेतिक फोटो

पाल्पा -  पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर आज बिहान दुर्घटना हुँदा रामपुर–१० चालक ४० वर्षीय यमबहादुर खरु मगर गम्भीर घाइते  भएका थिए ।


उनलाई उपचारका लागि रामपुर अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । 

 स्कुटर अनियन्त्रित भइ सडक किनारको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x