घटना-दुर्घटना

सर्पले डसेका युवकको बाटोमै मृत्यु

इकागज |
भदौ १८, २०८१ मंगलबार २१:३९ बजे

सांकेतिक फोटो

सर्लाही - सर्लाहीको हरिवनमा विषालु सर्पले डसेका एक युवकको ज्यान गएको छ ।

हरिवन नगरपालिका–८, चापिनी निवासी ३५ वर्षीय सागर आलेमगरको मृत्यु भएको हो । आलेलाई गएराति शौचालय जाने क्रममा गोमन सर्पले डसेकामा उनलाई लालबन्दीस्थित सर्पदंश उपचार केन्द्र नवलपुर पुर्‍याइएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।


गएराति नै सर्पले डसेको भए पनि आज बिहानपख मात्र परिवारले थाहा पाएपछि ढिलो गरी उपचारका लागि ल्याइएकाले समस्या भएको उपचार केन्द्र नवलपुरका अध्यक्ष उद्धव पौडेलले जानकारी दिए । 


Author

थप समाचार
x