घटना-दुर्घटना

भोटेकोशीमा खसेको बोलेरो निकालियो, मान्छे अझै फेला परेनन्

इकागज |
भदौ २८, २०८१ शुक्रबार १९:४२ बजे

काठमाडौँ- सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा अपराह्न खसेको बोलेरो गाडीलाई नदीबाट निकालिएको छ। शुक्रबार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित बबन्डरटोलबाट गाडी भोटेकोशी नदीमा खसेको थियो । 

क्रेनको सहयोगमा बा २० च २१८५ नम्बरको बोलेर गाडी निकालिएको तर गाडीमा रहेका मान्छे फेला नपरेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए। 


उनका अनुसार गाडी तातोपानीबाट काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेको हो । बोलेरोमा चालक सिन्धुपाल्चोकको भोटेकोशीका ३८ वर्षीय सानु शेर्पा र बाह्रविसेका सुन्तली तामाङ रहेको बुझिएको उनले बताए।  उनीहरूको अवस्था थाहा हुन नसकेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ। 


Author

थप समाचार
x