रवि लामिछानेविरुद्ध पर्साबाट पनि पक्राउ पूर्जी जारी
फाइल फोटो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्साबाट पक्राउ पुर्जी जारी भएको छ । सहकारी संस्थाको बचत रकम हिनामिनामा मुछिएर गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने अहिले भने चितवन प्रहरीको हिरासतमा छन् ।
लामिछानेमाथि बीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप छ । पर्सा जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्न अनुमति दिएको पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलले जानकारी दिए।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया