घटना-दुर्घटना

पाँचथरमा बस दुर्घटना, ५४ घाइते

इकागज |
कात्तिक ८, २०७८ सोमवार १२:३४ बजे

विराटनगर - पाँचथरबाट झापातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन् । को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका-५ को सिवा खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पाँचथर प्रहरीका अनुसार घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक छ । गम्भीर अवस्थाका घाइतेहरूको पाँचथरमा उपचार हुन नसकेपछि झापा तथा मोरङका अस्पतालहरूमा निफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । 



Author

थप समाचार
x