घटना-दुर्घटना

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

इकागज |
मंसिर १२, २०७८ ६:४३ बजे

सांकेतिक फोटो

काठमाडौँ - जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाकाे मृत्‍यु भएको छ । नेपालगन्ज देखि जाजरकोटको राडिबजार जाँदै गरेको ना छ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौक नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

उनका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । राती नै बस दुर्घटना भएपनि प्रहरी भने बिहान मात्रै घटनास्थल पुगेर उद्धारको काम सुरु गरेको थियो ।




Author

थप समाचार