घटना-दुर्घटना

करेन्ट लागेर कर्मचारीको मृत्यु

विक्रम खड्का |
मंसिर १३, २०७८ सोमबार १७:३५ बजे

बुटवल - बुटवल उपमहानगरको नयाँ भवन बन्दै गरेको स्थानमा विद्युतको करेन्ट लागेर विद्युत प्राधिकरणका एकजना कर्मचारीको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बन्दै गरेको भवनमा विद्युत पोल सार्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारी बसन्त भुसालको मृत्यु भएको हो ।

सोही क्रममा भवन निर्माणको दैनिक ज्यालादारीमा काम गर्ने रुपन्देही सम्मरीमाई गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बर्दिया राजापुर नगरपालिका–१६ का २८ वर्षीय राजगोपाल चौधरी घाइते भएका छन् ।


करेन्ट लागेर गम्भीर घाइते भएका भुसालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । अर्घाखाँची घर भई हाल बुटवल ३ डेरा गरि बस्ने ४३ बर्षीय भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

अन्य २ जना घाइतेको अवस्था भने समान्य रहेको केसीले बताए । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x