घटना-दुर्घटना

अछाममा बस दुर्घटना, दुईको मृत्यु

इकागज |
मंसिर १४, २०७८ मंगलबार १६:५२ बजे

कैलाली - अछाममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अछाम सदरमुकाम मंगलसैनबाट धनगढी तर्फ आउदै गरेको ना ६ ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयले जानकारी दिएको छ । 

दुर्घटनामा परी मंगलसेन नगरपालिका-१४ का ५७ बर्षीय टंकबहादुर भण्डारी र मंगलसेन नगरपालिका-१ बस्ने २१ बर्षीय एकेन्द्र थापाकाे ज्यान गएकाे प्रहरीकाे भनाइ छ । 


सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयले घाइतेको उद्धार गरि अछाम स्थित अस्पताल तर्फ पठाएको बताएको छ । बसमा कतिजना सवार थिए भन्ने जानकारी आइनसेको प्रहरीले जनाएको छ ।
 


Author

थप समाचार
x