घटना-दुर्घटना

बुटवलबाट गुल्मी जाँदै गरेको बस पाल्पामा दुर्घटना, ७ जनाको मृत्यु

विक्रम खड्का |
पुस १८, २०७८ आइतबार १२:६ बजे

बुटवल : बुटवलबाट गुल्मीको रिडी जाँदै गरेको बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ ।  शव लिएर दाहसंस्कारका लागि जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दिकोट भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ८ जना घाइते भएका छन् । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।



Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x