घटना-दुर्घटना

अपडेट

पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु

चार जनाको शव निकालियो

विक्रम खड्का |
पुस १८, २०७८ आइतबार १२:३५ बजे

बुटवल - पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना गम्भीर घाइते भएका छन् । दुर्घटनास्थलबाट चारवटा शव निकालिए पनि बाँकी शव बसले नै च्यापिएको अवस्थामा छन् । 

आइतबार बिहान बुटवलबाट शव लिएर गुल्मीकाे रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाकाे रिब्दीकोट गाउँपालिका-२ लगुवामा दुर्घटनाग्रस्त भएकाे पाल्लाका प्रहरी प्रमुख सन्तोष भट्टराईले बताए । बसमा ३५ जना सवार रहेको प्रहरीको अनुमान छ । 



Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x