घटना-दुर्घटना

त्रिशूलीमा स्करपियो खस्याे, सात जना घाइते

इकागज |
पुस ३०, २०७८ शुक्रबार २०:८ बजे

फाइल तस्वीर

काठमाडाैँ – नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तीन नम्बर पुलबाट स्करपियो त्रिशूलीमा खस्दा सात घाइते भएका छन् ।

नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको बा १३ च ४३६५ नम्बरको स्करपियो अन्दाजी ६ः०० बजेतिर खसेको हो ।


जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओप्रसाद अधिकारीका अनुसार सवारी चालकसहित घाइते सबैलाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै छ। दुर्घटनाको कारण खुलेको छैन ।

 


Author

थप समाचार
x