घटना-दुर्घटना

कलंकीमा बसको ठक्करबाट एक जनाको मृत्यु

इकागज |
माघ २, २०७८ आइतबार १०:१९ बजे

फाइल फाेटाे

काठमाडौँ - काठमाडौँको कलंकीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार बेलुकी बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।  दुर्घटनामा एक जना घाइते भएका छन् । 

कलंकीबाट स्वयम्भु तर्फ जाँदै गरेको बा ६ ख १४५९ नम्बरको बसले बागमती प्रदेश ०२–०२८–प ७६१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौं मनमैजु बस्ने रुकुम पूर्व घर भएका २१ बर्षीय संगीत बुढामगरको मृत्यु भएको छ ।


प्रहरीका अनुसार गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकी स्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको हो । घाइते काठमाडौँ बस्ने रुकुम पूर्व घर भएका २३ बर्षीय विवित बुढामगरको सोही अस्पतालमा उपचार भईरहेको छ ।

प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ ।


Author

थप समाचार
x