घटना-दुर्घटना

बाेलेराेले ठक्कर दिँदा धारामा कपडा धाेइरहेका दुई जना गम्भीर घाइते

इकागज |
माघ २, २०७८ आइतबार १२:७ बजे

फाइल फाेटाे

ओखलढुंगा- धारामा कपडा धाेइरहेका दुईजनालाई बाेलेराेले ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । सिद्धीचरण नगरपालिका-२ निशंखेस्थित धारामा कपडा धाेइरहेका चण्डिका फुयाँल र रूपा दाहाललाई सडकमा गुडिरहेकाे बाेलेराे ब्रेक फेल भएर ठक्कर दिएकाे थियाे । 

ना१ज ४९५१ नम्बरकाे नाै जना यात्रु बाेकेकाे बाेलेराे ब्रेक फेल भएर अनियन्त्रत हुँदा धारामा कपडा धुने ब्यक्तिलाई ठक्कर दिन पुगेकाे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक उद्धव पाेखरेलले जानकारी  दिए । 


उनका अनुसार अन्य यात्रुलाई भने सामान्य चाेट लागेकाे छ । गम्भीर घाइते दुई जनालाई उपचारका लागि सामुदायिक अस्पताल मिसन पठाइएकाे छ । चालक तथा सवारी नियन्त्रणमा लिएर अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ । 


Author

थप समाचार
x