घटना-दुर्घटना

मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

इकागज |
माघ ३, २०७८ सोमवार ८:४६ बजे

कैलाली - कैलालीको लम्कीचुहा नगरपालिका-४ बलियामा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। महिलाको मृत्यु भएपछि आफन्तहरुले पूर्व-पश्चिम राजमार्गको बलिया सडक खण्ड अबरुद्ध पारेका छन् ।

आइतबार साँझ पूर्वबाट पश्चिम जाँदै गरेको मोटरसाइकलले ठक्कर दिदा लम्कीचुहा ४ बलिया मिलडाडा बस्ने ५५ वर्षीया मनसरा जैशीको मृत्यु भएको हो । जैशीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा आइतबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


ठक्कर दिने मोटरसाइकल चालक लम्कि चुहा १ का राजन चाैधरीले र से६ प ८७८६ नम्वरकाे माेटरसाईकल ईलाका प्रहरी कार्यालय मोतिपुरले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ ।


Author

थप समाचार
x