घटना-दुर्घटना

आफै चढेको बसले किचेर राईको मृत्यु

इकागज |
माघ ५, २०७८ बुधबार १६:५९ बजे

फाइल फोटो

कटारी : उदयपुरगढी गाउँपालिका–५ स्थित सडकमा ना ३ ख ७९४४ नम्बरको बसबाट झर्ने क्रममा लडेर सोही ठाउँ बस्ने ५० वर्षीय कृष्ण बहादुर राईको मंगलबार बिहान मृत्यु भएको छ । 

उक्त गाडीबाट झर्नेक्रममा लडेर सोही गाडीको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । गाडी चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 



Author

थप समाचार
x