घटना-दुर्घटना

गैँडाको आक्रमणबाट दुई घाइते

इकागज |
माघ ५, २०७८ बुधबार १७:५७ बजे

चितवन – पश्चिम चितवनमा गैँडाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–२२ पटिहानीमा आज दिउँसो ३ः३० बजे गैँडाको आक्रमणबाट दुई घाइते भएका हुन् ।


जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते हुनेमा स्थानीय ७० वर्षीय बुदना महतो र ८० वर्षीय धोधारी महतो रहेका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार घर अगाडि घाम तापेर बसिरहेको अवस्थामा उनीहरूलाई गैँडाले आक्रमण गरेको हो ।

गैँडाको आक्रमणमा परी दुवै जना खतरामुक्त रहेको र उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको उनले जानकारी दिए।


Author

थप समाचार
x