घटना-दुर्घटना

धनुषामा हत्या गरी फालिएको अवस्थामा युवतीको शव फेला

इकागज |
माघ ६, २०७८ बिहीबार १७:५६ बजे

धनुषा – धनुषाधाम नगरपालिका–६ मालटोलमा हत्या गरिएको अवस्थामा एक युवतीको शव फेला परेको छ ।

पूर्वपश्चिम राजमार्गदेखि करिब दुई किमी दक्षिणमा रहेको स्थानीय पदम थापाको आँपको बगैँचामा अन्दाजी २६ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।


टाउको फुटेको र रगतले लत्पत्तिएका अवस्थामा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

युवतीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

 


Author

थप समाचार
x