घटना-दुर्घटना

सप्तरीमा कुखुराको दाना बोकेको ट्रकमा आगलागी

इकागज |
माघ १२, २०७८ ११:३१ बजे

फाइल फोटो

राजविराज - पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ विशाल चोकमा आज बिहान पुनः एक ट्रकमा आगजनी भएको छ । कुखुराको दाना बोकेर पूर्वतर्फ गइरहेको ना५ख १९११ नंको ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार कसले र किन ट्रकमा आगजनी गरेको भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन । उनले भने, `ट्रक चालक पनि सम्पर्कमा आएका छैनन् ।` अज्ञात समूहद्वारा आगजनी गरिएको हुनसक्ने उनले बताए । ट्रक भने पूर्णरूपमा जलेको छ ।


यसैबीच आगो लागेको ट्रकलाई स्थानीय प्रहरी चौकीबाट गएको प्रहरी टोली र कञ्चनरुप नगरपालिकाबाट आएको बरुणयन्त्रले निभाएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए । यसअघि एक महिना अगाडि पनि सोही गाउँपालिका वडा नं ५ महुली पुलमा एक ट्रक जलाइएको थियो ।



Author

थप समाचार
ad
x