घटना-दुर्घटना

विभिन्‍न दुर्घटनामा परेर एकै दिन १२ जनाको मृत्यु

इकागज |
माघ २०, २०७७ मगलवार १७:२३ बजे

फाइल तस्बिर

काठमाडौँ  : पछिल्लो २४ घण्टामा देशका विभिन्‍न स्थानमा भएका दुर्घटनामा  १२ जनाको मृत्यु भएको छ । बर्दिया, धनुषा, सर्लाही, झापा र नुवाकोटमा भएका सवारी दुर्घटनामा ७ तथा इलाम र सिन्धुपाल्चोकमा भएका घटनामा ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक र इलामको सार्वजनिक पोखरीमा शव भेटिएको तथा अन्य तीन स्थानका घटनामा आफ्नै निवासमा उनीहरुको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।  

नुवाकोटको विदुर नगरपालिका–१० मा दिनेश तामाङको बसले ठक्कर दिँदा आज बिहान मृत्यु भएको जनाउँदै प्रहरीले सोमबार साँझ झापाको शिवसताक्षी नगरपालिका–१ का राजकुमार लिम्बू र गौरादह नगरपालिका–४ का होमप्रसाद उप्रेतीको सवारी दुर्घटनामा ज्यान गएको बताएको छ ।  सर्लाहीको कौडेना गाउँपालिका–२ र मलङ्गवा नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा तीनजनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ । रासस 



Author

थप समाचार
x