घटना-दुर्घटना

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

इकागज |
माघ २४, २०७७ शनिबार १०:४९ बजे

फाइल तस्बिर


काठमाडौँ  : ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दाङमा २ जनाको मृत्यु भएको छ । दंगिशरण गाउँपालिका ३ का २५ वर्षीय विवेक थापा र दंगिशरण गाउँपालिका ४ का २६ वर्षीय दिनेश खड्काको मृत्यु भएको जिल्ला प्रहरी जनाएको छ । त्यस्तै मोटरसाइकलमा सवार  २४ वर्षीय आकाश कँडेल भने घाइते भएको जिल्ला प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।  

तुलसीपुरबाट पश्‍चिमतर्फ जाँदै गरेको रा १ त ३४४१ नम्बरको ट्याक्टरले पश्चिमबाट तुलसीपुर तर्फ जाँदै गरेको रा ६ प १४३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।  दुर्घटनामा घाइते थापा र खड्काको कोहरपुल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।  



Author

थप समाचार
x