घटना-दुर्घटना

सवारी दुर्घटनामा प्रहरीको मृत्यु

इकागज |
फागुन १, २०७७ शनिबार २०:३१ बजे

फाइल फाेटाे

काठमाडाैँ : सुरक्षा गस्तीमा गएका एक प्रहरी जवानको सवारी दुर्घटनामा परी निधन भएको छ । मृत्यु हुनेमा चितवन जिल्ला साविक बेथौली-५ घरभई अस्थाई प्रहरी चौकी ग्राङमा कार्यरत प्रहरी जवान इन्द्रबहादुर अर्याल रहेका छन् ।

रात्रिकालिन शान्ति सुरक्षाका लागि राम्चे क्षेत्रको गस्ती सम्पन्न गरी ग्राङ प्रहरी चौकी फर्कने क्रममा उनले चढेको प्रदेश नं ३ -३००१ प ३३७५ नम्बरको मोटर साइकल राम्चे बजार नजिकैको खोल्छा छेउमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए । गए राति भएको भएको सो दुर्घटनामा पासाङ ल्हामु राजमार्गबाट ३० मिटर तल मोटरसाइकल झरेको बताइएको छ ।


सो दुर्घटनामा पर्ने अर्का प्रहरी हवल्दार राजेन्द्र लामा भने गम्भीर घाइते भएका छन् । उनको अहिले प्रहरी अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरी प्रमुख पाण्डेले बताए । दुर्घटनाबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि तत्काल नुवाकोटको त्रिशूली अस्पताल पठाउँदा चिकित्सकको परीक्षणबाट प्रहरी जवान अर्याललाई मृत घोषणा गरेको थियो भने नुवाकोट जिल्ला विदुर नगरपालिका-११ माथिल्लो गेर्खु बस्ने प्रहरी हवल्दार लामालाई थप उपचारका लागि तुरून्तै काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x