घटना-दुर्घटना

सरस्वती पूजाकै दिन सरस्वतीकै मन्दिरमा ओली र दाहाल-नेपालका विद्यार्थीबीच झडप

इकागज |
फागुन ४, २०७७ मंगलबार १५:५४ बजे

काठमाडौँ  : काठमाडौँमा सरस्वती पूजा गर्ने विषयमा विवाद हुँदा नेकपा ओली समुह र दाहाल-नेपाल समूहका विद्यार्थीबीच झडप भएको हो । काठमाडौँस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विदार्थी युनियन (अनेरास्ववियु) को दुई समूहबीच झडप भएको हो ।  

प्रधानमन्त्री केपी शर्मा ओली समूहका विद्यार्थीहरु र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका विद्यार्थीहरुबीच झडप हुँदा दीलिप खड्का, दीपक बस्नेत, मनिष बस्नेत, विशाल रिजाललगायत घाइते भएका छन् । महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले भने विद्यार्थीहरुबीच सामान्य झगडा भएको बताए । 



Author

थप समाचार
x