घटना-दुर्घटना

वडा कार्यालयबाट खसेर प्रहरीको मृत्यु

इकागज |
फागुन ५, २०७७ बुधबार १९:३१ बजे

सांकेतिक तस्बिर

पोखरा :  पोखरा महानगरपालिका १८ नम्बर वडा कार्यालयको भवनबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ । मंगलबार बिहान पाेखरा - १८ को भवनबाट लडेर ३२ वर्षीय ठगबहादुर आलेको मृत्यु भएको हो । गोरखाका आले १ वर्ष अघिदेखि पोखरा सराङकोटमा कार्यरत थिए ।

वडा कार्यालय भवनको तेस्रो तलाबाट खस्दा आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए । ‘हाम्रो भवन नहुँदा जवानहरु वडा कार्यालयमा बसेका थिए, मंगलबार बिहान ३ देखि ६ बजेकोबीचमा खसेको हुनसक्छ,’ हमालले भने, ‘सूचना पाएपछि मनिपाल अस्पतालमा लगेका थियौं, अरु अनुसन्धान गरिरहेका छौं ।’


हमालका अनुसार मृतक आलेले मद्यपान गरेका थिएनन् । रातको समयमा निद्राले खसेको हुनसक्ने प्रहरीको आशंका छ । भवन अभावका कारण पोखरा १८ वडा कार्यालयको भवनमा प्रहरीहरु राखिएका छन् । 


Author

थप समाचार
x