घटना-दुर्घटना

दुर्घटनामा एकको मृत्यु

इकागज |
फागुन ९, २०७७ आइतबार १९:४० बजे

काठमाडौँ : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरी अग्निसाइर कृष्णासवरन गाउँपालिका-२ चाँदनी चोकमा भएको सवारी दुर्घटनामा घाइते भएका एक व्यक्तिको आज मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-६ जलजले बस्ने २२ वर्षीय बिपिन चौधरी रहेको प्रहरीले जनाएको छ । 

शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनको विराटनगरस्थित न्यूरो विराटनगरमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी नायब  उपरीक्षक भुवनेश्‍वर साहले बताए ।  पश्‍चिमबाट पूर्वतर्फ जाँदै गरेको बा१०च २५२४ नं कारले विपरीत दिशाबाट आउँदै गरेको बा२६प २२६० नंको मोटरसाइकललाई दुई दिनअगाडि ठक्कर दिएको थियो ।


सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको सुरुङ्गा नगरपालिका-१ भेडिया बस्ने ४५ वर्षीय  प्रेम चौधरी र सिरहा लहान नगरपालिका-२० मल्हनमा बस्‍ने २५ वर्षीय अजीत चौधरी घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित न्यूरो अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । 


Author

थप समाचार
x