घटना-दुर्घटना

योगेश भट्टराई सवार गाडीको ठक्‍करले साइकल यात्री घाइते

घाइतेलाई काठमाडौँ ल्याइँदै

इकागज |
फागुन १६, २०७७ आइतवार २१:१५ बजे

फाइल तस्बिर

काठमाडौँ  : नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराई सवार गाडीले साइकल यात्रुलाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई चढेको ज १ झ ४२७ नम्बरको गाडीले ठक्कर दिँदा साकइल यात्री ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएका हुन् ।  

‘उहाँ चढ्नु भएको गाडीले साइकल यात्रीलाई ठक्क दिएछ । इन्द्रप्रसाद घिमिरे जो साइकल यात्री हुनुहुन्थ्यो उहाँको अहिले चपुरमा रहेको सिभिल अस्पतालमा उपचार भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख सिद्धिविक्रम शाहले इकागजसँग भने, ‘थप उपचारको लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ ।’  



Author

थप समाचार
x