घटना-दुर्घटना

भैरहवा विमानस्थलमा अचानक आगलागी हुँदा.....

इकागज |
चैत २८, २०७८ सोमबार ११:४ बजे

भैरहवा - निर्माण सम्पन्न भई सञ्चालनको तरखरमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा आइतबार साँझ ७ बजेर १४ मिनेटमा हिले विमानस्थलबाट आएको २०० जना सवार मुकु एयरलाईन्सको ए ३३० को फलाइट मुकु १८१ को विमान आपतकालीन अवतरण गर्ने क्रममा दुर्घटना भई अचानक आगलागी भयो । 

साइरन बजाउँदै दमकलहरू दौडन थाले, विमानस्थलमै रहेको एम्बुलेन्स पनि हुइकिदै घटनास्थल तर्फ लाग्यो । विमानस्थलभित्र अप्रिय घटना घट्यो भन्दै एयरपोर्ट वरिपरिका मानिसहरुले आत्तिए । 


विमानस्थलभित्र अचानक धुवाँको मुस्लो निस्किएपछि अत्तालिएका विमानस्थलका छिमेकीलाई विमानस्थलमा आगलागी भएको भन्ने आभास भयो । केही बेरमा अवतरणको क्रममा विमान दुर्घटना भएको खबर विमानस्थल प्रशासनले गर्यो । 

उता आगलागीलाई उद्धार तथा अग्नी निवारण शाखाको अग्निनियन्त्रक, नेपाली सेना, नेपाल प्रहरीले आगो नियन्त्रणमा लिदै थिए ।

विमानस्थलको ४ वटा र सिद्धार्थनगर नगरपालिकाको एक दमकलबाट आगो नियन्त्रणमा आयो ।

दुर्घटनामा ५० जनाको ज्यान गयो भने १५० जना घाइते मध्ये ४५ जना सिकिस्तलाई तत्काल एम्बुलेन्सबाट युनिभर्सल मेडिकल कलेज, भिम अस्पताल र सिटी अस्पताल पु¥याइएयो  ।

यी सबै घटना भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नमुनाको रुपमा आगलागी नियन्त्रण अभ्यासका लागि गरिएको थियो 

संचालनको तयारीमा रहेको विमानस्थलमा भैपरी आउने भन्दै पहिलो पटक रात्रीकालिन समयमा फुल स्केलमा अभ्यास गराइएको विमानस्थलका महाप्रबन्धक गोबिन्द प्रसाद दहालले बताए । 

विमानस्थलमा अग्निनियन्त्रक तर्फ २५ जना कार्यरत छन । विमानस्थलमा दुर्घटना भए त्यसको तयारी के कस्तो छ कमी कमजोरीको पहिचान गर्न पनि यो अभ्यास गरिएको सह–महाप्रबन्धक प्रदिप अर्यालले भने ।  अभ्यासका लागि गराइएको परिकल्पना सहितको यो दुर्घटना पनि आपतकालीन उद्धार के कसरी गर्ने भनि गरिएको अभ्यास होे । 

प्रत्येक २ वर्षमा यस्तो फुल स्केलमा अभ्यास गराउनु पर्छ । विमानस्थल क्षेत्रभित्र हुने जहाज दुर्घटना पश्चात उद्धारलाई व्यवस्थित र छिटो छरितो बनाउन गौतमबुद्ध विमानस्थलमा आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास मार्फत सचेत गराउन र आफू कसरी प्रस्तुत हुने भनि देखाउन अभ्यास गराइने गरिएको छ ।

मापदण्डमा रहेर उद्धार टोली, एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखी आपतकालिन अभ्यास गरिएको विमानस्थलका महाप्रबन्धक दाहालले जानकारी दिए । 

उद्धार तथा अग्नि निवारणको पहिलो उद्देश्य र प्राथमिकता नै पहिलो ज्यान बचाउने, धनजनको सुरक्षा र सेवा दिने भएकोले कसैको जीवन रक्षाका लागि सधैव तयारी अवस्थामै रहेर दुर्घटना न्युनिकरणमा पहिलो भुमिका खेल्दै आएको बताए । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार गरिएको आपतकालीन अभ्यासमा विमानस्थलमा फायर फाइटर, नेपाली सेना, नेपाल प्रहरी, विमानस्थल सुरक्षा गार्ड, स्वास्थ्यकर्मी, एयरलाइन्सका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो । 
 


Author

थप समाचार
x